
देशैभर स्थानीय तह निर्वाचन सकिएको झन्डै एक बर्ष बितिसकेको छ । जनताले आफ्नो ठाउँको विकासका लागि अमूल्य मत दिएर आफ्ना प्रतिनिधिहरूलाई चुनेका छन् ।
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नम्बर ९, पशुपतिनगरमा जनप्रतिनिधिको रूपमा घुरन महतो वि.सं. २०७९ को स्थानीय निर्वाचनबाट निर्वाचित वडा अध्यक्ष भएको छ ।
महतो नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालि रहेका छन् । स्थानीय तह निर्वाचनले संघीयता एउटा मोडालिटीमा गइसकेको छ ।
नेपालमा संघीयताको अभ्यास भइसकेको छ । यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिन लगेको छ ।
गाउँ–गाउँमा सिंहदरबारको नारा विकासले वडाको मुहार फेरिएको छ । स्थानीय सरकारका जनप्रतिनिधि नयाँ म्यान्डेटका साथ निर्वाचित भइसकेका अवस्थामा महतो निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
अघिल्लो पटकभन्दा यस पटक वडाको सबै टोल एउटा गतिमा गइसकेको अवस्थामा विकासले केही काचुली फेर्ने विश्वास जनतामा छ । नवनिर्वाचित वडा अध्यक्ष लगायत वडाका पदाधिकारीहरु निरन्तर रुपमा वडाको विकास निर्माणमा लागी परेका छन् । सोही क्रममा बर्दिवास नगरपालिका वडा नम्बर ९, पशुपतिनगरका वडा अध्यक्ष घुरन महतोसँग द पव्लिक टुडेले गरेको कुराकानी सम्पादित अशः
तपाईं चुनाव जितेर आएको १ बर्ष भएको छ, आफ्नो वडाभित्र के–के समस्या देख्नुभएको छ ?
मैले बर्दिवास नगरपालिका वडा नम्बर ९, भित्र थुप्रै समस्या देखेको छु । स्वास्थ्य, शिक्षा, खानेपानी, जंगली जनावरको आतंकलगायतका क्षेत्रमा ठूलो समस्या छ । बेरोजगारीका साथै बालबालिका र गर्भवतिलाई स्वास्थ्य सेवा प्रयाप्त मात्रमा छैन ।
खानेपानीको समस्या छ । सरसफाईको जटिलता छ । कर्मचारी व्यवस्थापन, सुशासन र भ्रष्टाचार नियन्त्रणको चुनौती छ । यी सबै क्षेत्रमा काम गर्नु परेको छ । मैले यी समस्याको पहिचान गर्दै योजनाबद्ध र क्रमिक रुपमा सुधारका काम गर्दै लैजाने छु ।
तपाईंले आफ्नो कार्यकालमा कुन–कुन कामलाई प्राथामिकता दिनुभएको छ ?
जनताको माग र आवश्यक्तालाई आधार मानेर काम गर्नेछु । मेरो कार्यकालमा बर्दिवास नगरपालिका वडा नम्बर ९, पशुपतिनगरमा रहेका बेरोजगार युवालाई रोजगारीको वातावरण सिर्जना गर्नेछु । बेरोजगार युवालाई इलेक्ट्रिकल व्यवसायीकरणमा प्रेरित गर्नेछु । इलेक्ट्रिकल तर्फ जोड दिदैं रोजगारमा आकार्षण गर्न विभिन्न तालिमहरू सञ्चालन गरिने छ ।
त्यस्तै युवाले उत्पादन गरेका बस्तुको खपत हुने वातावरणको सिर्जना गर्नेछु । वडाको विकास हुनेमा म विश्वस्त छु। यो तराई क्षेत्र हो । हाम्रा तमाम युवा खाडी मुलुक पुगेर आफ्नो श्रम बेच्न विवस् छन् । उनीहरूको श्रमको हामीले मुलुकमै सदुपयोग गर्न सके वडाको विकासलाई कसैले रोक्न सक्दैन।
बर्दिवास नगरपालिका वडा नम्बर ९ मा शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा निकै पछि रहेको भन्नु भएको छ, ती समस्यालाई कसरी सम्बोधन गर्नुहुन्छ ?
बर्दिवास नगरपालिको वडा नम्बर ९ मा शिक्षा र स्वस्थ्यमा म निकै गम्भीर छु । मावि विद्यालयमा शैक्षिक भवन बनाउनुको साथै शैक्षिक क्षेत्रमा लगानी गरेपछि वडामा शैक्षिक क्षेत्रमा सुधार हुने आशा पलाएको छ ।
गुणस्तर शिक्षा दिनका लागि हामी योजना बनाएका छौँ । भर्खरै निर्वाचित भएर आएका छौं । हामी कहाँ–कहाँ कमजोर रहेछौं त्यसको पहिचान गर्दै ती समस्यालाई सम्बोधन गर्दै अगाडि बढ्ने छौँ।
सामान्य उपचारका लागि जनताले भौतारिनुपर्ने अवस्थाको अन्त्य हुने छ । अहिलेलाई हाम्रो वडामा स्वास्थ्य चौकी छ। यसलाई व्यवस्थित व्यवस्थापन गर्नेछौं ।
केही संवैधानिक तथा आर्थिक कठिनाइहरू पनि छन् । जसले गर्दा कतिपय काम हामीले गर्न चाहेर पनि गर्न सक्दैनौं । तर त्यसलाई देखाएर जनताको पक्षमा काम गर्न भने हामी छोड्ने छैनौं ।
स्थानीय सरकार आइसकेपछि झनै भ्रष्टाचार, अनियमितता बढ्यो भन्ने जनताको गुनासो सुनिन्छ नी ?
तपाईंले सुनेजस्तै विगतका कतिपय सरकारले भ्रटाचार गरे होलान्। तर मेरो कार्यकालमा वडाको यो पहिलो मुल नारा पनि हो भ्रष्टाचार गर्दैन र हुन पनि दिँदैन भनेर म निरन्तर रुपमा लागि परेको छु ।
भ्रष्टाचार हुँदै भएन म भन्दिन । तर, मेरो कार्यकालमा भ्रष्टाचार गर्दैन र हुन दिँदैन । यो कुरामा म प्रतिबद्ध छु । यो एकै पटक पोको पारेर फाल्न सकिने विषय होइन ।
भ्रष्टाचार गर्ने र गराउने दुवैको मानसिकता फेर्न आवश्यक छ । म जनताका गुनासा सुन्दै कर्मचारीलाई भ्रष्टरहित भएर काम गर्न प्रेरित गर्ने छु । जनताको छिटो र छरितो सेवाका लागि कर्मचारीलाई सधैँ कटिबद्ध रहन निर्देशन दिन चाहन्छु ।