
महाेत्तरी- नयाँ शैक्षिक सत्रका लागि अहिले देशभरिका बिधालयहरुमा भर्ना अभियान चले संगै महोत्तरीकाे पालिकाहरुमा पनि भर्ना अभियान तीव्र रुपमा चलिरहेका छन्। साेहि अभियान अन्तर्गत औरही नगरपालिकाका सम्पूर्ण सामुदायिक बिधालयमा कक्षा १ देखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुने भएको छ ।
औरही नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक बिधालयहरुमा पनि यसै नयाँ शैक्षिक सत्रदेखि कक्षा १ देखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने योजना बनाएको औरही नगरपालिका नगरप्रमुख प्रदिप कुमार खड्काले जानकारी दिए ।
‘हामीले कक्षा १ देखि कक्षा ३ सम्म अङ्ग्रेजी माध्यमबाट समेत पठनपाठन गर्ने तयारी गरेका छौँ’, नगर प्रमुख खड्काले भने, ‘बिधालयको गुणस्तर वृद्धि गर्दै बिधार्थीहरुलाई आकर्षित गर्ने योजना समेत बनाएका हौँ ।’ गुणस्तरीय अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएपछि अभिभावककाे सक्रियता र बालबालिकाको आर्कषण बढ्ने नगरप्रमुख खड्काको विश्वास रहेको छ ।
पछिल्लो पटक निजी बिधालयमा बिधार्थीहरुको मोह हुने र सामुदायिक बिधालयमा बिधार्थीहरुको आकर्षण घट्दै गएका कारण सामुदायिक बिधालयहरुमा अंग्रेजी माध्यममा पढाइ सुरु गरेपछि यता तर्फ आकर्षण बढ्ने बिश्वास गरिएको छु । बिधार्थीहरुको संख्याको अनुपातमा सरकारी शिक्षकको अभाव र भौतिक संरचनाको अभावलाई पालिकाबाट तत्काल व्यवस्थापन गर्ने नगरप्रमुख खड्काले बताए ।