
काठमाडौं । एसीसी मेन्स प्रिमियर कपमा नेपाली टिमले १०० रन पूरा गरेको छ । ११८ रनको लक्ष्य पच्छ्याएको नेपालले २९ औं ओभरमा ३ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो ।
यस क्रममा नेपालले ब्याटर गुलशन झाले अर्धशतक बनाएका छन् । गुलशनले ६९ बलमा अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले ३ चौका र ४ छक्का प्रहार गरे ।
उनलाई भिम सार्कीले साथ दिइरहेका छन् । भिमले ३५ रन बनाएर खेलिरहेका छन् । २९ ओभरको खेल पूरा हुँदा नेपालले ३ विकेटको क्षतिमा १०२ रन बनाएको छ ।
जुनसुकै समयमा पानी पर्न सक्ने जोखिमका बीच भइरहेको यो खेलमा वर्षाले पनि नेपालको जितलाई रोक्न कठिन छ ।
२० ओभरको खेल भइसकेकोले अब वर्षाले खेल रोकिएमा डिएलएस विधि प्रयोग गरिनेछ र नेपाल डिएलएस विधिबाट जित्न आवश्यक स्कोरभन्दा धेरै अगाडि पुगिसकेको छ ।