महोत्तरी- महोत्तरी जिल्लाको राजकीय संस्कृत माध्यमिक बिद्यालय मटिहानीमा अध्ययनरत बिद्यार्थी(बटुक)हरुलाई आज मटिहानी नगरपालिकाको सहयोगमा झुल बितरण गरिएको छ ।
गर्मीयाम सँगै लामखुटतेको प्रकोप बढ़न थालेपछि सो बिद्यालयको छात्राबासमा बस्दै आएका ४०(चालीस) जना बिद्यार्थी(बटुक)हरुलाई झुल दिएको छ ।




नेपालकै सबै भन्दा पुरानो रहेको सो बिद्यालयमा अध्ययनरत बिद्यार्थी(बटुक)हरुलाई झुल नहुँदा लामखुटतेको प्रकोपले समस्या उत्पन्न भएको थियो ।यसैबीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले एक समारोह बीच बिद्यार्थी(बटुक)हरुलाई झुल बितरण गर्नु भयो ।

सो अवसरमा उहाँले विद्यालयमा झुलको समस्या रहेको थाहा भएपछि तत्काल राहतका लागि बितरण गरिएको भन्नु भयो ।
उक्त झुल बितरण कार्यक्रममा शिक्षा संयोजक चन्देश्वर साह ,राजकीय संस्कृत माध्यमिक बिद्यालय मटिहानीका प्र.अ. ईश्वरी पौडेल , नेपाल television इटहरीका समाचार प्रशोता भुमिका पखरीन लगायत बिद्यालयका बिद्यार्थी(बटुक)हरुको सहभागिता रहेको थियो ।





