
जनकपुरधाम- मधेस प्रदेशसभा कार्यव्यवस्था समितिको बैठक आज आइतबार बस्ने भएको छ ।
बैठकमा प्रदेशसभाको हिउँदे अधिवेशन अन्त र बजेट अधिवेशन शुरु हुने प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए।
सचिव यादवको अनुसार प्रदेश सभाको हिउँदे अधिवेशन अन्त गरिएको छैन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय भइसक्दा पनि हिउँदे अधिवेशन अन्त भएको छैन् । बैठकबाट सदनमा पेश गर्न बाँकी रहेको विधेयकहरुसमेत पेश गर्ने तयारी गरेको छ ।
उहाँले आइतबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा खास गरी तीनवटा एजेण्डाहरुमा छलफल हुने बताए
छलफलमा हिउँदे अधिवेशनको अन्त, बजेट अधिवेशनको प्रारम्भ र विधेयक पेश गर्ने प्रस्तावहरुमाथि छलफल हुने जनाइएको छ ।