सर्लाही- सर्लाहीका हरिपुर नगरपालिकाका वार्ड न.७ का २६ मुसहर महिलाहरूलाई जिवकोपार्जन गर्न पक्षु वितरण गरिएको छ।
पशुपालन मार्फत आयआर्जन गरेर जिविकोपार्जन गर्ने उद्देश्यले साप नेपाल नामक गैर सरकारी संस्थाले समुदायको २६ घरपरिवार मध्य १० परिवारलाई पाडी र १६ परिवारलाई बाख्रा, पाठीको साथै विभिन्न जातको तरकारी बीउ वितरण गरिएको हो।
मुसहर महिला सशक्तिकरण मन्चकी अध्यक्ष उर्मीला देवी माझीले आफुहरुले नपढेको कारण धरै दुख्ख पाएकोले आफ्ना छोरा छोरीले भविष्यमा दुःख नपाउन भनेर बिद्यालय पठाउन आफूहरु भट्टामा नगएर गाँउमै बसेर आए आर्जन गर्ने योजना बनाएको बताइन ।
बिगतमा मुसहर समुदाय चरम आर्थिक अभाव,गरीवि र गाँस वाँस कपास जस्ता आधारभुत आवश्यकता पुरा नहुदा विहान वेलुकाको छाक टार्न सिङगो परिवारनै दैनिक ज्याला मजदुरी गर्न ईटा भट्टामा जाने गरेका थिए ।
यसरी बर्षमा ६ महिना पुरै परिवारका सदस्यहरु ईटा भट्टामा जाने भएकाले उनिहरुको बालबालिकाहरु शिक्षा र चेतनामा पछाडी परेका थिए ।
नगरिकता,जन्म दर्ता नभएको कारण सरकारले दिने सेवा सुबिधा बाट समेत बन्चित हुनु परेकोले बिगत एक बर्ष देखी साप नेपालले जनमदर्ता र बिद्यालय भर्ना अभियान चलाउदै आएको थियो ।
संस्थाले समुहलाई कुल २ लाख ९० हजार रकम उपलब्ध गराएको थियो । उनिहरु स्वयम आफैले गाँउ तथा बजार गएर बाख्रा तथा पाडीहरु किनेर ल्याएका थिए ।
डेड बर्ष अगाडी सम्म बर्षमा ६ महिना मंसीर देखी बैसाख सम्म सुनसान र चकमन्न रहेने गरेको हरिपुर ७ चिताइनको मुसहर बस्तिमा अहिले भने बारै महिना चहल पहल बडेको छ । त्यहाका महिलाहरु गाँउमै बसेर आयाआर्जन गरेर आफ्ना बालबालिकाहरुलाई बिध्यालयमा पठाउन थालेका छन् ।
लक्ष्मीनाथ निमाबिका प्रधान अध्यापक चेत नारण धामीले बिगतमा कहीले पशु नपाल्ने मुसहर टोलमा आउदा यसपालि थुप्रै पाडीहरु र बाख्रा र पाठा पाठीहरु देखेर छक्क परेको बताए ।
उनले बिगतमा मुसहर समुदाए बाट बिद्यालय नआउने गरेको तर शैक्षिक त्रि २०८०-८१ म यसपाली भने मुसहर बालबालीकाहरु ४१ जना बिद्यालय भर्ना भएको बताए ।
स्थानिय स्तरमानै रोजगारीको अवसर सृजना गरेर आय आर्जन गर्ने उद्देस्यले पशु चौपाए र तरकारीको बिउ बितरण गरेको साप नेपालका प्रादेसीक संयोजक जनक कार्कीले बताए ।
कार्यक्रममा बोल्दै हरिपुर नगरपालिकाका मेयर गोपाल पजिंयारले मुसहर समुदायको आय आर्जनका लागी नगरपालिकाले आगामी दनिमा पशुपालन, तरकारी खेती गर्न बजेट बिनियोजन गर्ने बताए । आगामी बर्षमा अव्यवस्थित बसोवासीहरुलाई जग्गा दिलाउने प्रतिवद्धता जनाए ।
अन्डेफको आर्थिक सहयोग र साप नेपालको आयोजनामा संचालीत लैङ्गिक उत्तदायी सुशासन प्रबद्र्धन कार्यक्रम अन्तर्गत हरिपुर न.पा वडा नं ७ चिताईनमा मुसहर महिला शक्तिकरण मञ्चका सदस्यहरुलाई जेन्डर, समुह व्यवस्थापन, नेतृत्व विकास, सामाजिक मुल्य मान्यत, बाल विवाह, बहु विवाह बिरुद्ध सचेतना कार्यक्रम संचालन गर्दै आएको छ ।
यसका साथै स्थानीय योजना निर्माण तथा लैङ्गिक उत्तरदायी वजेट सम्बन्धीमा अनुशिक्षण कार्यक्रम र रिफ्लेक्ट कक्षाहरु संचालन गर्दै आएको छ ।




