धादिङ। त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी-९ गणेशस्थानमा एउटा बसमा आगलागी भएको छ ।
धादिङकै नीलकण्ठ नगरपालिका-१ पात्लेबाट प्यासेन्जर लिएर काठमाडौं आउँदै गरेको ग.१ख ४८४६ नम्बरको बसमा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय भादिङले जनाएको छ ।
बसमा आगलागी भए पनि सबै यात्रु भने सकुशल नै छन् । आगलागीपछि सवारी आवागमनसमेत प्रभावित बनेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।




