वीरगञ्ज – वीरगञ्ज पथलैया सडकखण्डअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका- २३ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
प्रदेश २-३-००१-च २४५२ नम्बरको पिकअपले ठक्कर दिँदा ना ६ ख ९३६१ नम्बरको बसमा सवार पर्साको कालिकामाइ गाउँपालिका- २ बस्ने ५२ बर्षका नागेन्द्र महतो नुनियाको मृत्यु भएको हो।



शुक्रबार बिहान वीरगञ्बाजबाट काठमाडौँका लागि छुटेको बसमा सवार नुनियाले बसको झ्याबाट टाउको बाहिर निकाल्दा विपरित दिशाबाट आउँदै गरेको पिकअपले ठक्कर दिँदा उनको मृत्यु भएको बाराका प्रहरी प्रबक्ता डिएसपी पुरुषोतम पाण्डेले जानकारी दिए।
ठक्कर दिने पिकअप,बस र दुबै सवारीका चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको पाण्डेले बताए।




