महोत्तरी(औरही)- औरही नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुका लागि जलवायु परिवर्तन अनुकुलन सम्बन्धि १ दिने तालिम सम्पन्न भएको छ ।
तालिम अवलोकन गर्ने क्रममा महिला तथा बालबालिका शाखा प्रमुख सविनाकुमारी यादवले जलवायु परिवर्तनको कारण अति जोखिममा रहेकाहरू मध्ये अझ विशेष गरि अपाङ्गता भएका व्यक्तिहरुलाई कार्यक्रमले प्रत्यक्षरुपमा आयआर्जनसङ्ग जोड्ने उद्देश्य अत्यन्तै उत्कृष्ट रहेको बताउनुभयो ।
"जलवायु परिवर्तन प्रभाव सामना गर्न अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तीकरण परियोजना" अन्तर्गत संचालन गरेको उक्त तालिम निलबहादुर लुम्रे र साङ्केतिक भाषा प्रशिक्षक प्रमोद बर्मा शाखाले सहजीकरण गर्नुभएको थियो । परियोजनालाई सामुदायिक विकास तथा पैरवी मंच नेपालले आर्थिक सहयोग गरेको हो ।