जनकपुरधाम- नेपाल प्रेस यूनियन धनुषा शाखाको दशौं जिल्ला अधिवेशनले राजन कुमार सिंहको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नयाँ कार्यसमितिमा घनश्याम मिश्र – उपाध्यक्ष (खुल्ला), निरंजन कुमार साह -उपाध्यक्ष, र रूपा कर्ण समावेशी महिला उपाध्यक्ष , हरिवंश यादव -सचिव, तेज कुमारी पौडेल – सहसचिव र किशोर मण्डल -कोषाध्यक्ष चयन भएका छन् ।



त्यसैगरी सदस्यहरूमा क्रमश : चंदन ठाकुर, राहुल सिंह, चन्दन शर्मा, रामेश्वर महतो, एलिना सिंह, रिता थापा, कृष्णा कँडेल, राम सुन्दर कामत, पूजा मण्डल र सुकदेव मण्डल रहेका छन्।




