कृष्ण राज गिरी/ भैरहवा
सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर-५ को कार्यालय ले फोहोर व्यवस्थापन को लागि डष्टविन वितरण गरेको छ। डष्टविनवितरण कार्यक्रम शुक्रवार मिलनचोक मा सम्पन्न भएको थियो ।सिद्धार्थनगर नगर पालिका वार्ड नं ५ मा रही व्यवसाय गर्ने २५० जना व्यवसाही लाई डष्टविन वितरण गरिएको थियो।




डष्टविन वितरण कार्यक्रम सिनपा-५ का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठ को अध्यक्षता मा सम्पन्न भएको थियो । कार्यक्रम मा अध्यक्ष श्रेष्ठ ले ‘ नगर लाई स्वच्छ, सफा र हरियाली वनाउने योजना मा रहि यो सानो प्रयास गरेको र यो सानो प्रयास मा सिनपा-५ का व्यवसाही लगायत सम्पुर्ण नगरवासी को साथ र समर्थन को आवस्यक्ता रहेको ‘ जनाए ।
सिनपा-५ मा दर्ता भएका करिव २५० व्यवसाही लाई आफ्नो व्यवसाय वाट निस्किने फोहोर लाई वाटो मा नफाली डष्टविन मा फालेर नगरपालिका को फोहोर उठाउने गाडी आउँदा त्यसै मा फाल्न पनि अनुरोध गरे ।

कार्यक्रम सिद्धार्थनगर नगर पालिका प्रमुख इस्तियाक अहमद खान को प्रमुख अतिथ्य र विशिष्ट अतिथी मा उप-प्रमुख उमाअधिकारी ,प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयाल लगाएत को उपस्थिती थियो ।
कार्यक्रम संचालन सिनपा-५ की वडा सदस्य सरस्वती श्रेष्ठ ले गरेकी थिईन् ।




