कृष्ण राज गिरी/भैरहवा
रुपन्देही को भैरहवा मा सिद्धार्थ उद्योग वाणिज्य संघ को आयोजना मा 'खुल्ला सिमाना का चुनौती र समाधान ' विषयक अन्तरक्रिया कार्यक्रम संघ को सभाहल मा जेठ १४ गते ,आईतवार सम्पन्न भएको छ।
नेपाल भारत को खुला सिमा ले भैरहवा लगाएत भारतिय सिमा सित जोडिएका बजार हरु को व्यापार दिन प्रतिदिन ओरालो लाग्न थाले पछि स्थानिय व्यापारी हरु ले संघ लाई सिमा नाका व्यवस्थित गर्न पहल गरिदिन अनुरोध गरेका थिए।
सिद्धार्थ उध्योग वाणिज्य संघ का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ को अध्यक्षता मा भएको कार्यक्रम अध्यक्ष श्रेष्ठ ले 'घराएसी प्रयोजन को लागि लिएर आउने समान मा हाम्रो विरोध छैन तर घराएसी प्रयोजन भनेर ठुलो मात्रा मा आउने तस्करी समान मा हाम्रो विरोध हो ' भने । भारत वाट जो कोही पनि नेपाल प्रवेश गर्दा कडाई को साथ चेकजाचँ हुनु पर्यो र घराएसी प्रयोजन को नाम मा दिन को ५-१० चोटी भारतिय बजार धाएर लिएर आउने समान आउन बन्द गर्न पर्यो भनेर थप भनाई राखे । प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय रुपन्देही का निमित्त प्रमुख जिल्ला अधिकारी ध्रुव वहादुर कुँवर ले 'सवै पक्ष इमान्दार हुनु पर्ने र सिमानाका लाई थप व्यवस्थित गरिने ' भने ।
अतिथी हरु मा नेपाल उध्योग वाणिज्य संघ ,लुम्विनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा,भैरहवा भंसार कार्यालय का प्रमुख भंसार अधिकृत मनिराम पौडेल, रुपन्देही जिल्ला प्रमुख प्रहरी उपरिक्षक भरत वहादुर वि क शसस्त्र प्रहरी बल नेपाल नं २७ गण हे क्वा भैरहवाका शसस्त्र प्रहरी उपरिक्षक दिपक थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश कुमार अग्रवाल, संघका पूर्व अध्यक्ष तथा सल्लाकारहरु, बुटवल उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग वाणिज्य संघ, देवदह उद्योग वाणिज्य संघ, सैनामैना उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, रुपन्देही लगाएत लुम्बिनी प्रेस क्लब, रुपन्देही बस्तुगत संघका अध्यक्षहरु, सिउवा संघ रुपन्देहीका पदाधिकारी तथा सम्पूर्ण कार्यसमती सदस्यहरु, उद्योगी तथा व्यवसायीहरु, पत्रकारहरुको कार्यक्रम मा सहभागिता रहेको थियो । सबै को माग सिमा नाका व्यवस्थित हुनु पर्ने मा जोड रहेको थियो ।