जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलले मधेशमा बहुप्रतिक्षित नागरिकता विद्येयक प्रमाणिकरण गरेपछि नेपाली कांग्रेस जनकपुरधाम स्वागत गर्दै खुसीयालीमा दिप प्रज्वलन गरेको छ । कांग्रेसका कार्यवाहक जनकपुरधाम नगरसभापती राकेश विक्रमको अगुवाईमा नेपाली कांग्रेसका नेता कार्यक्रताहरुको सक्रियतामा जानकी मन्दिर प्राङ्गणमा भएको दिप प्रज्वलनमा उनीहरु राष्ट्रपतिलाई धन्यवाद दिदै खुसी व्यक्त गरेका छन् ।
कांग्रेसबाट राष्ट्रपति बनेका हाम्रो सम्माननिय राष्ट्रपति ज्यूले मधेशको मुल समस्या प्रति गम्भिरता पुर्वक ध्यान दिएर यो कदम चाल्नु भएकोमा हामी धन्यवाद दिन्छौं साहले भने मधेशका युवाहरुको मुख्य समस्या सामाधान भई रोजगार र रोजीरोटी तथा दैनिकी सहज हुने भएको छ । सो अवसरमा कांग्रेसका युवा नेताहरु नेतृहरु सहितको उपस्थिती थियो ।
त्यसैगरी धनुषाको महेन्द्रनगरमा दिप प्रज्वलन गरि खुशीयाली मनाईएकाे छ।नागरिकता विहिन संघर्ष समितिका सदस्यीयहरूले क्षीरेश्वरनाथ नगरपालिकाकाे महेन्द्रनगर बजारमा दीप प्रज्वलन गर्दै खुशीयाली मनाएका हुन् ।
त्यस्तै धनुषाको ढल्केवरस्थित महेन्द्र पार्क अगाडि नागरिकताबिहिन संघर्ष समितिका पदाधिकारी र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले मैनबत्ति बालेर दीप प्रज्वलन गरेको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेको छ । राष्ट्रपति पौडेलले अघिल्लो सङ्घीय संसदबाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो ।
सङ्घीय संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक वि.सं. २०७९ साउन १६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।
विधेयकमा चित्त नबुझेको भन्दै तत्कालीन राष्ट्रपति भण्डारीले आठ बुँदाको सरोकार उल्लेख गरेर संसद्लाई फिर्ता पठाउनुभएको थियो ।
दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर पुनः भदौ २० गते राष्ट्रपतिसमक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको थिएनन् । त्यही विधेयक नौ महिनापछि प्रमाणीकरण भएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण भएपछि नागरिकता बिहिनहरू निकै खुसी छ्न् ।