
नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच पुरानो सांस्कृतिक र धार्मिक सम्बन्ध भएको बताएका छन् । भारतको ४ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् ।
“भारत र नेपालबीच पुरानो धार्मिक र सांस्कृतिक सम्बन्ध छ । यसलाई अझ बलियो बनाउनका लागि प्रधानमन्त्री प्रचण्डजी र मैले पहल गर्नेछौँ,” उनले भने, “यसलाई अझ बलियो बनाउँदै जानुपर्छ ।”