
महोत्तरी- ५१ औं विश्व वातावरण दिवस वातावरण संरक्षण सम्बन्धी अन्तरक्रिया तथा वृक्षा रोपन गरि “दिगो विकासको आधारः पर्यावरणिय न्यायमा महिलाको नेतृत्व अधिकार” नाराका साथ भव्याताको साथ मनाइएको छ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा डिभिजन वन कार्यालयको आयोजना तथा महिला पुर्नस्थापना केन्द्र ( ओरेक) महोत्तरीको समन्वयमा डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख सन्तोष झाको अध्यक्षतामा, वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीको प्रमुख आतिथित्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा ओरेक महोत्तरीका जिल्ला संयोजक विणा सिंहले ओरेकले आफ्नो स्थापना काल देखी नै वातावरण संरक्षण, वावावरण संरक्षणमा महिलाको नेतृत्व र वातावरणिय प्रभावहरुले महिलाको जिवनमा पारेको असरलाई न्युनिकरण गर्नका लागि अधिकारमुखि र न्यायको दृष्टिकोणबाट काम गर्दै आइरहेको र यस बारे विस्तृत रुपमा अवधारणा ्प्रष्ट पारेकी थिइन् ।

कार्यक्रममा प्रदेश सांसद रानी शर्मा तिवारी , अभिराम शर्मा , रमीता प्रधान , जिल्ला समन्वय समितिका प्रमुख सुमन लाल कणर्, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, एस.पी प्रकाश मल्ल , वन तथा वातावरण मन्त्रालयका मधेश प्रदेशका सचिवका र महिला मानव अधिकार रक्षक संजाल महोत्तरी,महिला समुह, महिला कृषक समुह, किशोरी समुह , युवा अभियन्ता, पत्राकार , लगातय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै गरि मठिहानी नगरपालिकाको आयोजनामा र महिला पुर्नस्थापना केन्द्र (ओरेक) महोत्तरीको र डिभिजन वन कार्यालय महोत्तरीको समन्वयमा उपप्रमुख मन्जु देवी साह को अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष शिवशंकर राय, योजना शाखा प्रमुख राजेश शर्मा , कृषि शाखा प्रमुख टंक प्रसाद उपाध्धय , वडा सदस्य, कार्यपालिका सदस्य, महिला समुह, किशोरी समुह , कृषक महिला समुह , समाजसेवी , समाजका अगुवा व्यक्तिहरुको संलगन्तामा पालिकाको सभा हलमा ईको भिलेजका सुचकहरु सम्बन्धी छलफल र मठिहानी नगरपालिका वडा नं. १ सानो धिरापुरमा प्रत्येक घर जडीबुटी अभियान अन्र्तगत
निम,अमला, हर्रोबर्रौ,तेजपात,बेल,सर्पगन्धा,सत्तावरी,बकाइनो, अर्जुना,जामुन लगायतका जडीबुटीका विरुवा रोपेर ५१ औं विश्व वातावरण दिवस विभिन्न नारा साथ भव्यरुपमा दिवस मानाईएको छ ।