महोत्तरी- जलेश्वरमा प्रत्येक पाँच-पाँच बर्षमा मात्र मनाईने सँसारीमाईको पूजामा अश्लिल नृत्य वा अरकेष्ट्रा आयोजना नगर्न स्थानीय युवाहरुले चेतावनी दिएका छन् । सँसारीमाई पूजामा टिकटोकिया र अरकेष्ट्रा नाच्ने नचनियाँ ल्याउने योजना बनाएपछि समितिको विरुद्धमा युवाहरुले त्यस्तो चेतावनी दिएको हो ।
हिन्दुहरुको आस्थाको केन्द्र रहेको सँसारीमाई पूजामा हिन्दु सँस्कार र सँस्कृति विरुद्धको कार्यक्रम गराउन खोजेको आरोप सहित युवाहरुले सिडिओलाई त्यसको अनुमति नदिन ज्ञापन पत्र समेत बुझाएका छन् । टिकटोक बन्द सँघर्ष समितिका युवाहरुले सँसारीमाई पूजामा कलाकार प्रिति पासवानलाई नचाउने योजना बनाएपछि युवाहरुले विरोध जनाउँदै चेतावनी दिएका हुन् ।



कलाकार पासवान सहित अन्य कुनै त्यस्ता अश्लिल नृत्य , सँस्कार सँस्कृति विरुद्ध नाच्ने नचयिनाँ वा नटुवालाई पूजामा मनोरञ्जनको दृष्टिकोणले ल्याए समिति सहितलाई कारवाही गर्ने चेतावनी दिइएको छ ।





