कृष्ण राज गिरी/भैरहवा
नेपाल एयरलाइन्स विमानको मलेसियाबाट भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका यात्रीहरुलाई पर्यटन मन्त्री सुदन किराँतीले स्वागत गरेका छन् ।
१ सय ५८ सिट क्षमता भएको नेपाल एयरलाइन्सको न्यारोवडी जहाजले मंगलवार विहान ८:४५ मा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल मा अवतरण गरेको थियो।



नेपाल एयरलाइन्सको भैरहवामा यो पहिले व्यवसायिक उडान हो।विमान मा ९७ जना यात्री आएकोमा ३१ जना भैरहवा अवतरण गरेका छन् र बाँकी यात्रीहरुलाई काठमाडौं ओरालिएको छ।

पर्यटन मन्त्री सुदन किराँतीले ‘नेपाल एयरलाइन्सले राष्ट्रिय ध्वजा बाहक हुनुको आफ्नो दायित्व पुरा गरेको, यसलाई निरन्तरता दिने, सुतेर बस्न छुट छैन ‘ भनेका छन् ।

माके॔टिंग गरी यो एयरपो॔टमा व्यवसायिक उडानको लागि सम्भावना छ भन्ने स्थापित गर्नुपर्छ र भावी दिनहरूमा बुद्ध सर्किट राष्ट्रहरूबाट पनि उडान गन॔ प्रयास भैरहेको छ । यो विमानस्थल बन्नुको प्रमुख उद्देश्य पनि यही रहेको, भाडा दर सस्तो हुने र कनेक्सन उडान माफ॔त कनेक्टीभिटी गरी नेपाली उत्पादनको बजारको पहुँच विश्व बजारमा हुनेछ भन्दै आफ्नो थप भनाई राखे ।
नेपाल एयरलाइन्स ले काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं रूट अन्तर्गत साताको एक दिन मंलवार भैरहवा उडान गर्न लागेको हो ।




