
महाेत्तरी- औरही नगरपालिका शुक्रबारदेखी सुरु भएको महिला प्रजनन सम्बन्धी स्वास्थ्य शिविरमा एकैदिन ३ सय ४७ जना महिलाले स्वास्थ्य परिक्षण गराएका छन् । औरही नगरपालिका, अस्ट्रेलियन यड,आदरा नेपाल र बागमती सेवासमाजको आयोजनामा प्रादेशिक अस्पताल जनकपुर बाट प्रसूति तथा स्त्री रोग विशेषज्ञ चन्द्र रेखा इसरको टोलि प्राविधिक सहयोगमा आयोजित दुई दिने शिविरको पहिलो दिन ३ सय ४७ महिलाको परिक्षण गरिएको हो ।

शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, पिसाव चुहिने रोगको पहिचान र उपचार,आङ खस्ने समस्याको उपचार, पाठेघरको एक्सरे लगायत महिला प्रजनन सम्बन्धी रोगको परिक्षणको गरिएको थियो । प्राविधिक टोलिसहितको शिविरमा आएका विशेषज्ञ चिकित्सक डा. इसारको टोलि सहित औरही नगरपालिकाको अधारभुत स्वास्थ चौकीका कर्मचारी सहितको टाेलि रहेका छन् । टोलीले महिलामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या रहे नरहेको तत्काल जाँच गर्ने र समस्या देखिएका विरामीलाई निशुल्क शल्यक्रियाका लागि प्रक्रिया अगाडी बढाउने औरही नगरपालिका स्वास्थ शाखा प्रमुख चन्द्र भुसन ठाकुरले जानकारी दिए । ‘जाँचका क्रममा शल्यक्रिया गर्नुपर्ने देखिएमा हामी प्रक्रिया अगाडी बढाउछौं, उहाँहरुको भरतपुर वा काठमाण्डौ लगेर निःशुल्क शल्यक्रिया समेत गर्छौ ।’

निःशुल्क शल्यक्रियाका लागि नगरपालिकाले सहजीकरण गरेकाले विरामीको सम्पूर्ण खर्च शिविरको आयोजकले व्यहोर्ने ठाकुरले बताए । प्रजनन सम्बन्धी समस्या भएपनि जाँच गराउन नसकेका र जाँच गराएर पनि उपचार गराउन नसकेका विरामीलाई शिविरले राहत दिने भनाई थियो । शिविरको पहिलो दिन पाठेघरमा समस्या भएका १६ जना महिलाको शल्यक्रिया गर्नुपर्ने देखिएको ठाकुरले बताए । यातायात सुविधासहित निःशुल्क उपचार गरिने शिविरमा जाँच गराउन उलेख्य मात्रामा महिलाको उपस्थिती रहेको थियो ।

औरही नगरपालिका ३ स्थित सोनफी दसौं माबि बिधालय दुई दिनको शिविर रहेकोे छ। औरही नगरपालिका १ र २ गते शिविर संचालनहुने भएको छ । यस स्वास्थ शिविरको उद्घाटन नगरका नगर प्रमुख प्रदीप कुमार खड्काले गरेका थिए । उदघटन कार्यक्रममा वडा नं. ३,७ र ९ का वडा अध्यक्ष, स्वास्थ्य शाखाका कर्मचारी,स्थानीय,बिधालयका प्राध्यापक लगायत उपस्थित थिए ।
