कृष्ण राज गिरी /भैरहवा
कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी १७ वर्ष पछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देही जिल्ला बुटवल उप-महानगरपालिका वडा नं १३ कालिकानगर घर,भई हाल काठमाडौं महा-नगरपालिका वडा नं १६ बस्ने कृष्ण कार्की (के.सी ) रहेको रुपन्देही प्रहरीले जनाएको छ।



कार्कीलाई कर्तव्य ज्यान मुद्धामा सर्वोच्च अदालत द्वारा २०६३ साल फाल्गुन २७ गते , दश वर्ष कैद सजाय फैसला गरे देखि फरार रहेका थिए। कार्की (के.सी ) लाई जेठ ३२ गते रुपन्देही वाट खटिएको प्रहरी टोली ले काठमाडौं,सोर्हखुट्टे वाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्याल ले ‘दश वर्ष कैद सजाय भई फरार रहेका प्रतिवादी कृष्ण कार्की लाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत रुपन्देही मा उपस्थित गराई कैद भुक्तान को लागि असार १ गते जिल्ला कारागार कार्यालय, भैरहवा पठाइएको’ जानकारी गराए ।




