काठमाडौं- सर्वोच्च अदालतले नागरिकता ऐन कार्यान्वयनको बाटो खुला गरिदिएसँगै माइतीघर मण्डलामा नागरिकताविहीनहरुले खुसी मनाएका छन्।
नागरिकताविहीन संघर्ष समितिको नाममा माइतीघरमा दुई सातादेखि धर्ना बसेका उनिहरुले सर्वोच्चको आदेशपछि बिहिबार धर्ना तोड्दै खुसी मनाएका हुन्।
यसअघि सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै बिहिबार न्यायाधीश आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले नागरिकता ऐन कार्यान्वयनको बाटो खुला गरेको हो ।
सर्वोच्चको यो आदेशसँगै अब गैरआवासीय नेपाली र जन्मसिद्धका सन्तानले नागरिकता पाउने बाटो खुलेको छ ।




