कृष्ण राज गिरी/ भैरहवा
रुपन्देही को तिलोत्तमा नगरपालिका ले कृषक हरु लाई बाख्रा पालन को लागि उन्नत जात को बोका र सहयोगी सामग्री हरु वितरण गरेको छ।

नगरपालिका ले मक्रहर बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत तिलोत्तमा वडा नं १२ स्थित तुकतुकिया मा बाख्रा पालन गर्दै आएका ५९ कृषक हरु लाई उन्नत जात को प्रजनन योग्य बोका वितरण गरेको हो । बोका को साथै बाख्रा पालन मा सहयोग हुने च्यापकटर मशिन, बाख्रा मा लाग्ने जुम्रा, किर्ना र उपिया लाई मार्न प्रयोग हुने डिपिंग् ट्यांक,भिटामिन को याथै अन्य सामग्री हरु वितरण गरेको थियो ।




प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना अन्तर्गत यो आर्थिक वर्ष को पहिलो चरण मा वितरण गरिएको उन्नत जात को बोका र थप सहयोग सामग्री ले कृषक हरु को क्षमता अभीबृद्गी गरि, कृषक हरुको जीवनस्तर उकास्न तिलोत्तमा नगरपालिका सदैव प्रयत्नशील रहने तिलोत्तमा नगरपालिका का पशु सेवा शाखा का पशु अधिकृत राजु कुँवर ले जानकारी गराए ।




