
महोत्तरी,(औरही)- औरही नगरपालकिाले असार १५ गते अर्थात धान दिवस मनाएको छ ।
शुक्रवार २० औं राष्ट्रिय धान दिवसको अवसरमा औरही नगरपालकिाले “जलबायु अनुकुलित कृषक मैत्री प्रबिधि ,धान उत्पादनमा वृद्धि" भन्ने मूल नाराका साथ औरही नगरपालकिा १ औरहीबाट बिजलपुरा सडकमा स्थित पानी ट्यांकी नजिक श्रवण चौधरीको खेतमा धान रोपी धान दिवस मनाएको हो ।

नगरपालिकाको कृषि शखाद्वारा नगर प्रमुख प्रदीपकुमार खड्काको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा नगर उप प्रमुख रेणु झा लगायत सबै जनप्रतिनिधि,पूर्व जनप्रतिनिधि , बिभिन्न राजनिति दलका प्रतिनिधि , नगरपालिका कर्मचारी सहित किसानहरुको सहभागीतामा धान रोपेर दिवस मनाइएको हो । कार्यक्रममा बोल्दै नगरपालकिाका नगर प्रमुख खड्काले आगामी आर्थिक वर्षदेखि कृषि क्षेत्रलाई विशेष प्राथमकिता साथ नगरपालिकाले कृषि उत्पादन बढाउन विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउन लागेको जानकारी दिए ।

नगर प्रमुख खड्काले आउने वर्षमा किसानहरुलाई आधुनिक कृषि प्रणाली लगायत आधुनिक तरिकाले व्यवसायिक खेती गर्न बिभिन्न तालिकको व्यवस्थामा गर्ने आयोजना रहेको जानकारी दिए । उनले नगरपालिकामा भित्रको उत्पदानले नै पुग्ने गरि किसानहरुलाई विशेष प्याकेजको व्यवस्था गरेर बाहिरबाट खाधान्न किन्न न परोस हेतु आत्मनिर्भर बनाउने लक्ष्य राखेको बताए। औरही नगरपालकिा १ औरही बस्ने ६० वर्षीय किसान भोरिल मण्डलले जनप्रतिनिधि , राजनीतिकर्मी र सहितको टिमले एक साथ धान रोपेको देखेर आज धेरै खुसी लागेको बताए ।

उनले कृषिलाई पहिलो प्राथमकितामा राखेर नगरपालिकाले सबै किसानहरको खेत खेतमा बिजुली र सिंचाईको ब्यबस्था मिलाउन माग गरे । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेकाले पन आजका दिन दही, चिउरा खाएर असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरेका छन् ।
सरकारले २०६१ साल मङ्सरि २९ गते गरेको निर्णय अनुसार २०६२ साल असार १५ गतेदेख राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।








