महोत्तरी- गौशाला नगरपालिकाले आर्थिकबर्ष २०८०/०८१ को लागि ९० करोडभन्दा बढीको वजेट ल्याएको छ । निर्धारित कार्यतालिकाभन्दा ५ दिन विलम्ब गरि शुक्रवार गौशाला नगरपालिकाले आयोजना गरेको १० औं नगरसभाबाट ९० करोड ७६ लाख २० हजार रकम बराबरको अनुमानित वजेट सार्वजानिक गरेको हो ।
आर्थिकबर्ष २०८०/०८१ का लागि वार्षिक वजेट योजना तथा निती कार्यक्रम नगरपालिकाको तर्फबाट मेयर डा. दिपेन्द्र महतोले सार्वजानिक गरेका थिए । नगरप्रमुख डा. महतोले सार्वजानिक गरेको वजेटमा आन्तरिक स्रोत तर्फ १९ करोड ६६ लाख ७५ हजार, राजश्व वाँडफाँडतर्फ २० करोड २२ लाख १९ हजार, वितीय समानीकरण अनुदानबाट १७ करोड २६ हजार, सशर्त अनुदानबाट २८ करोड ९७ लाख, विशेष सम्पुरकबाट ४ करोड ९० लाख उल्लेख रहेको छ ।
जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले स्थानियतहले अनिवार्य रुपमा शिक्षा र कृषिमा जोड दिए मधेश प्रदेशको समृद्धि सम्भवन रहने बताए । नगरसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले पालिकाले ल्याउने वार्षिक योजना तथा नितीमा शिक्षा र कृषिलाई पहिलो प्राथामिकतामा राख्नुपर्नेमा जोड दिए ।









