महोत्तरी- बर्दिबास नगरपालिका द्धारा संचालित गरिबी निवारणका लागि लघु उद्यम कार्यक्रम अन्तर्गत वित्तमा पहुँच, बजारीकरणमा सहयोग सम्बन्धि प्रशिक्षण र प्रविधि हस्तान्तण कार्यक्रम सम्पन्न भएको छ ।
बर्दिबास १ स्थित दिपक पार्टी प्यालेसको सभा कक्षमा भएको आयोजित कार्यक्रममा लघु उद्यमीहरुलार्ई नेपाल वैंक लिमिटेडका प्रबन्धक श्री कृष्ण प्रसाद पौडेलले लघु उद्यमी कर्जा र उद्यमीहरुलाई व्यवशायमा कर्जा प्रवाह प्रक्रियाबारे प्रशिक्षण गराउनु भएको थियो भने प्रशिक्षक अजय साहले बजारीकरणका कला बारे उद्यमीहरुलाई प्रशिक्षण गराउनु भएको थियो ।




कार्यक्रममा बर्दिबास वडा नं. १ का फाईबर झोला तथा फाईबर माला उत्पादन समुह, वडा नं. ९का लहठी चुरा उत्पादन समुह, वडा नं. १३ का जुत्ता चप्पल उत्पादन समुह, वडा नं. १४का डल तथा कुशन उत्पादन समुह गरि १०५ भन्दा बढी सदस्यहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा उद्यमीहरुले आफूले उत्पादन गरेका सामाग्रीहरुको पनि प्रर्र्दशन गरेका थिए भने अतिथिहरुले सामाग्रीको अनुगमन समेत गरेका थिए ।

कार्यक्रम उद्यम विकास शाखाका उद्यम विकास सहजकर्ता लिला भुजेलल्े संचालन गर्नुे थियो भने स्वागत तथा प्रगती प्रतिवेदन उद्यम विकास सहजकर्ता सिता केसी वस्नेतले गर्नु भएको थियो ।

बर्दिबासका नगरउपप्रमुख तारा देवी महतोको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।




