महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका आज पूर्ण खोप पालिका घोषणा भएको छ । मटिहानी नगरपालिकाको वड़ा नं. ६ मटिहानीमा आयोजित एक कार्यक्रममा स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवले मटिहानी नगरपालिका पूर्णको घोषणा गर्नु भयो । उहाँले मटिहानी नगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख पवन कुमार मण्डललाई पूर्णखोप सुनिश्चितता प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले पूर्ण खोप घोषणा भएकोमा खुशी व्यक्त गर्दै स्वास्थ्य सेवा सबैमा पुग्नुपर्नेमा जोड दिनुभयो । यसै अवसरमा मटिहानी नगरपालिकालाई पूर्णखोप नगरपालिका बनाउन गरिएको अथक प्रयासको प्रशंसा गर्दै मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले मटिहानी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उपप्रमुख स्वास्थ्यचौकी प्रमुखहरु लगायत खोप कार्यकर्ताहरुलाई गम्छा माला लगाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका छन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवले स्वास्थ्यबाट प्रदान गर्ने सबै सेवा प्रभावकारी बनाउन हामी सधै सहयोग गर्ने भन्नु भयो ।




वडा नं. ६ का वड़ा अध्यक्ष कलीम अंसारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत भोला पण्डित, मटिहानी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र शेखर शर्मा, वड़ा नं. ७ का वडाध्यक्ष जीतनारायण माझी, स्वास्थ्य चौकी प्रमुख विपिन झाले पूर्ण खोप घोषणा सम्बन्धी आफ्नो बिचार राख्नु भयो ।

महोत्तरीमा रहेको १५ वटा पालिका मध्ये मटिहानी नगरपालिका दोश्रो पूर्णखोप घोषणा भएको पालिका रहेको छ। अघि जलेश्वर नगरपालिका पूर्ण खोप घोषणा भएको थियो ।




