महोत्तरी- गौशलामा ट्याक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय गाैशलाकाे अनुसार गौशाला नगरपालिका वडा. ४ रजरखोर स्थित सडक खण्डमा भएको उक्त दुर्घटनामा परि गाैशला नगरपालिका ३ बस्ने ८० वर्षीय साधु साहको मृत्यु भएको हो।



इलेक्ट्रीक साईकलमा सवार साह पश्चिमबाट पूर्व तर्फ जादै गरेको अवस्थामा प्र २-०२-००१ त १४९३ नम्बर को ट्याक्टरले ठक्कर दिंदा गम्भिर घाइते भएको थियो।
घाइते साधु साहलाई उपचारको लागी लादै गर्दा बाटोमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए।
ट्याक्टर चालक गौशाला १ रामनगर बस्ने २९ वर्षीय संजय कुमार महरालाई ट्याक्टर सहित नियन्त्रणमा लिएको छ।




