कृष्ण राज गिरी/ भैरहवा
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले नौं बुँदे माग सहित जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत नेपाल सरकारलाई मंगलवार ज्ञापन पत्र बुझाएको छ।
नेपाल निर्माण व्यवसायी महासंघले साउन ७ वाट साउन १६ सम्म गर्दै आएको आन्दोलनका कार्यक्रम अन्तर्गत आज सातै प्रदेश मा महासंघ ले मुख्यमन्त्रीलाई र ७७ जिल्ला संघहरुले जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा अल्टिमेटम सहितको ज्ञापन पत्र बुझाएको हो ।
नेपाल निर्माण व्यवसायी महासंघले राखेको ९ बुँदे मागहरुमा लामो समय देखि देश भरिका विभिन्न निर्माण कम्पनिहरुले निर्माण कार्य गरे वापतको रकम आर्थिक वर्ष समाप्त हुदाँ समेत भुक्तानी नभएकोले सो रकम व्याज सहित भुक्तानी गरिनु पर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संसोधन गरि सम्पुर्ण आयोजनाहरुको एकमुष्ट म्याद थप गरिनु पर्ने , रुग्ण आयोजना अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवं कावु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, चेक बाउन्स र बैंक ग्यारेन्टी जफत गर्ने लगायतका कार्वाही रोकिनुपर्ने, श्रोतमा कट्टा गरेको विभिन्न कर समयमा दाखिला गरिनुपर्ने, उपभोक्ता समितीवाट गरिने निर्माण कार्यको व्यवस्था खारेज गरिनुपर्ने र पुर्वाधार विकास संवन्धित सार्वजनिक खरिद ऐन निर्माण उद्योग मैत्री हुने गरि संसोधन गरिनु पर्ने रहेको छ।