
कृष्ण राज गिरी
भेरहवा, साउन १२
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ११, कालिकास्थानमा रहेको कुखुरा फार्म मा अवैध रुपमा भारतबाट भंसार छलि ल्याइ रहेको बोईलर कुखुरा प्रहरीले साउन १२ गते बरामद गरि नष्ट गरेको छ।
सञ्जिव श्रेष्ठले संचालन गरेको सो फर्म वाट बरामद गरिएको ६ सय ४० वटा बोईलर कुखुरा भेटनरी नगरिएको ले स्थानिय जनप्रतिनिधी,भेटनरीको डाक्टर समेतको रोहबरमा सम्पुर्ण कुखुरा लाई प्रहरी ले नष्ट गरेको हो।
तिलोत्तमा -११ मा रहेको सञ्जिव श्रेष्ठ को फर्म मा अवैध कुखुरा भएको सुचना को आधार मा ईलाका प्रहरी कार्यालय मंगलापुर, रुपन्देही वाट खटिएका प्रहरी ले ६ सय ४० वटा अवैध कुखुरा बरामद गरेको हो।बरामद गरिएको कुखुरा को मुल्य अनुमानित ४ लाख ८० हजार रहेको जनाईएको छ।
बरामद गरिएको सम्पुर्ण भेटनरी विना को बोईलर कुखुरा लाई नष्ट गरिएको र फर्म का संचालक सञ्जिव श्रेष्ठ लाई आवश्यक कार्वाही को लागि राजस्व अनुसन्धान विभाग बुटवल पठाईएको ईलाका प्रहरी कार्यालय बुटवल ले जनाएको छ।