
जनकपुरधाम- जनकपुरधामस्थित महावीर युवा कमिटीको अध्यक्षमा अजय कुमार गुप्ता विजयी भएका छन् ।
शनिबार सम्पन्न भएको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी दीपनारायण प्रसाद साहलाई १६४ मतको अन्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष गुप्ताले २५९ मत ल्याउँदा साहले ९५ मत मात्र प्राप्त गर्न सकेका छन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा सरोज कुमार चौधरी यसअघि नै निर्विरोध निर्वाचित भइसकेको प्रमुख निर्वाचन अधिकृत राकेश विक्रम साहले जानकारी दिएका छन् ।
त्यस्तै, महासचिवमा चन्दन नागवंशीले १३९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी भरत कुमार साहले १२७ मत ल्याएका छन् । महासचिवका अन्य उम्मेदवारहरू संतोष कुमार साहले ५९ र दिपक कुमार यादवले २८ मत पाएका छन् ।
सचिवमा आशुतोष कुमार साह (छोटु) ले २२४ मत ल्याएर विजयी प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी आनन्द प्रसाद साहले १३२ मत ल्याएका छन् ।
कमिटीको कोषाध्यक्षमा चन्दन राज शर्माले १८८ मत ल्याएर जीत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी विक्रम कुमार साहले १३२ मत प्राप्त गरेका छन् । कोषाध्यक्षका अर्का उम्मेदवार बजरंग साह (लहेरी) ले मात्र ३६ मत ल्याउन सकेका छन् ।
करिव डेढ दशकदेखि कमिटीसँग आबद्ध रहेका नवनिर्वाचित अध्यक्ष गुप्ता कार्यकारिणी सदस्यदेखि महासचिवसम्मको सफल कार्यकालको भूमिका निर्वाह गरिसकेका छन् ।
महावीर युवा कमिटीले प्रत्येक वर्ष भव्यताका साथ आयोजना गर्दै आईरहेको राजदेवी पूजाको विभिन्न कार्यक्रमहरुमा समेत अजयले संयोजकको भूमिका निर्वाह गरिसकेका छन् ।