कृष्ण राज गिरी/भैरहवा
रुपन्देही प्रहरी ले भारत वाट भंसार छलि चोरी पैठारी गरि मोटरसाईकल वाट नेपाल ल्याउँदै गर्दा ५२ थान जिउँदो बोईलर कुखुरा सहित कोटहीमाई गाउँपालिका वडा नं ३ का १८ वर्षिय दिलिप लोध लाई पक्राउ गरेको छ।
दिलिप लोध ले लु ४ प २९९३ नं को मोटरसाईकल मा जिउँदो बोईलर कुखुरा लाई खुट्टा मा रस्सि ले बाँधी माथी खुट्टा र तल टाउको वनाई निर्मम तरिका ले झुण्डाई चोरी पैठारी गरि भंसार छलि नेपाल ल्याउँदै गर्दा साउन १६ गते मायादेवी गाउँपालिका वडा नं ५ गोनाह वाट प्रहरी ले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ। बरामद गरिएको बोईलर कुखुरा लाई पशु क्वारेन्टाईन चेक पोस्ट बेलहिया रुपन्देही को प्रतिनिधि को रोहवर मा नष्ट गरिएको जनाईएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही का प्रहरी नायव उपरिक्षक श्यामु अर्याल ले 'भंसार छलि चोरी पैठारी मा संलग्न लाई भंसार कार्वाही को अतिरिक्त पशुपंक्षि क्रुरता व्यवहार गर्ने लाई पनि मुद्दा चलाई कार्वाही गरिने ' जानकारी गराए।
पक्राउ गरिएका दिलिप लोध लाई जिल्ला प्रशासन कार्यालय रुपन्देही वाट सात दिन को म्याद थप गरि मुलुकी अपराध संहिता २०७२ को परिच्छेद-२७ पशुपंक्षी संम्वन्धि कसुर को दफा -२९० ( पशुपंक्षि प्रति निर्दयी व्यवहार गर्न नहुने ) वमोजिम थप अनुसंधान भइराखेको जिल्ला प्रहरी कार्यालय रुपन्देही ले जनाएको छ।




