
महोत्तरी- नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह महोत्तरी जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार को प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला क्रिकेट संघ महोत्तरीको ८ औं साधारण सभा तथा जिल्ला अधिवेशनबाट जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशन कुमार सिंह लाई निर्विरोध निर्वाचित गरेको छ।

नया कार्यसमिति ९ जना पदाधिकारीहरूमा उपाध्यक्ष- राजिव कुमार झा, सचिव- दिपेन्द्र कुमार यादव, कोषाध्यक्ष- सैफ अलि अंसारी, सदस्यहरुमा मुकेश कुमार साह, राहुल प्रताप सिंह, कामिनी सिंह, गोपाल कुमार सिंह, सचिन मण्डल रहेका छन् ।