
भैरहवा- नेपाल सित सिमा जोडिएको भारतको उत्तर प्रदेश नौतनवा प्रहरी चौकी इलाकाको डोमुहानघाट नजिकै एसएसबी र प्रहरीको संयुक्त टोलीले शंकास्पद एक युवकलाई पक्राउ गरी ३२ लाख (भारु २० लाख) रुपैयाँ बराबरको लागुपदार्थ हेरोइन बरामद गरेको छ।
प्रहरी र एसएसबीको संयुक्त टोलीले गएराति नौतनवा प्रहरी चौकी इलाकाबाट नेपालतर्फ आउने डोमुहान घाट नजिकै गस्ती गर्ने क्रममा भारतबाट नेपालतर्फ आउंदै गरेको शंकास्पद युवालाई रोकेर चेकजाँच गर्दा अवैध लागुऔषध हेरोइन सहित पक्राउ गरेको हो ।बरामद गरिएको हेरोइन कुल २० ग्राम रहेको र अनुमानित मुल्य ३२ लाख नेपाली रुपैया रहेको अनुमान गरिएको छ।
प्रहरीले पक्राउ गरेको युवक को नाम शाहरुख खान रहेको र वडा नम्बर १० शास्त्रीनगर प्रहरी चौकी, नौतनवा जिल्ला महाराजगञ्ज निवासी रहेको नौतनवा प्रहरी ले जनाएको छ।
यस सम्बन्धमा नौतनवा प्रहरी चौकीका स्टेसन अफिसर मनोजकुमार राय ले २० ग्राम हेरोइन सहित एक युवकलाई पक्राउ गरी एनडीपिएस दफा ८२१२३ अन्तर्गत मुद्दा दर्ता गरी कारबाही गरिएको बताए ।- इन्डो नेपाल न्युजको सहयोगमा