
जनकपुरधाम- जनकपुर जेसिसले युवाहरूका लागि ‘वी लिड’ तालिम सञ्चालन गरेको छ । जनकपुरधाममा शनिबार भएको तालिममा जनकपुर जेसिसका सदस्यहरू तथा युवाहरू सहभागी भएका छन् ।

उनीहरूलाई नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्षसमेत रहेकी जेसी रजनी थापाले तालिम दिनुभएको छ । यस किसिमको तालिमले युवाहरूको नेतृत्व विकास गर्ने क्षमता अभिवृद्धिमा सहयोग पुग्ने जनकपुर जेसिसका अध्यक्ष जेसी अभिषेक चौधरीले बताउनुभयो ।

त्यसक्रममा जेसी इन्जिनियर प्रकाशचन्द्र साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साह, जनकपुर जेसिसका उपाध्यक्ष जेसी दीपककुमार साहलगायत उपस्थित थिए ।

