
भैरहवा- रुपन्देही को सिद्धार्थनगर नगरपालिका ले आर्थिक वर्ष २०८०-८१ को एकिकृत सम्पत्ति कर मा अत्याधिक बृद्धी गरेको भन्दै स्वतन्त्र नागरिक अभियान,सिद्धार्थनगर ले आईतवार नगरप्रमुख इस्तियाक अहमद खान लाई ज्ञापन पत्र वुझाएको छ।
स्वतन्त्र नागरिक अभियान सिद्धार्थनगर का संयोजक नारायण प्रसाद भण्डारी ले सिनपा ले ७००-१२०० प्रतिशत सम्म कर बृद्धी गरेको नागरिकहरु को जनगुनासो को आधार मा नगरप्रमुख,उप-प्रमुख लाई भेटी जानकारी गराएको वताएका छन्।

स्वतन्त्र नागरिक अभियान, सिद्धार्थनगर ले वुझाएको ज्ञापन पत्र मा कोभिड ले थला परेको अर्थतन्त्र,त्यसपछि शुरु भएको आर्थिक मन्दी ले गर्दा उध्योगी,व्यवसायी,नोकरी पेशा व्यवसाय सबै तिर एकै पटक असर देखिएकोले अहिले जनताहरु को अवस्था विहान वेलुका छाक टार्न पनि सोच्नु पर्ने बेला मा आफ्नै जनप्रतिनिधिहरु ले यो थेग्नै नसक्ने गरि वुझाउनै नसक्ने गरि वढाइएको एकिकृत सम्पत्ति कर सुधार गरि पुरानै कर कायम गरियोस् र जनता को भावना अनुसार सच्चाइयोस् भनीएको छ ।
साथै कोभिड ले थला परेको व्यापार मन्दि भएर घरधनी ले आफै १५-२५ प्रतिशत सम्म घर वाहाल मिनाहा गरेर राहत दिईराखेको, मिटर ब्याजी सरह बैंक ले समेत हतोत्षाहित गरेको अवस्था मा जनताको मत लिएर जनता को काम मा राहत हुने किसिम को योजना दिनुपर्ने स्थान मा कर को दायरा अस्वाभिक रुपमा बृद्धी गरेर जनतामारा निती सिनपा ले लिएर आउनु राम्रो नभएको र वढेको कर गत वर्ष कै दर मा नलागि यहि निर्णय नै लागु गरियो भने नगरवासी ले चरणवद्द आन्दोलन र सम्पुर्ण कर हरु अवज्ञा गर्ने ज्ञापन पत्र मा थप भनिएको छ।