
काठमाडौं- सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ ।
आइतबार अपराह्न बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । सचिव लीलामणि पोखरेलकाअनुसार मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय भएको हो ।
मोदीको ठाउँमा जनमत पार्टीकी अनिता देवी साह मन्त्री बन्नेछिन् । उनलाई पार्टीले असार २६ गते नै मन्त्रीमा सिफारिस गरिसकेको छ ।
प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
प्रचण्डको मन्त्रिपरिषद् अहिले नै २५ सदस्यीय छ। सरकारबाट बाहिरिएको चार महिनापछि जनमत सरकारमा जान लागेको हो।