
जनकपुरधाम- जनकपुर जेसिजले युवाहरूका लागि गरेको ’इफेक्टिभ पब्लिक एसपिकिङ’ प्रशिक्षण सम्पन्न भएको छ । जनकपुरधाममा शनिबार भएको प्रशिक्षणमा जनकपुर जेसिसका सदस्यहरू, युवाहरू, विद्यार्थीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू तथा विभिन्न दलमा आबद्ध युवा नेताहरू सहभागी भएका थिए ।

युवाहरूलाई पूर्वराजदूत तथा नेपाल जेसिजका पूर्वअध्यक्ष जेसीआई सिनेटर महेश दाहालले प्रशिक्षण दिएका हुन् । प्रशिक्षणले युवाहरूको नेतृत्व गर्ने क्षमतामा अभिवृद्धि हुने जनकपुर जेसिसका अध्यक्ष जेसी अभिषेक चौधरीले बताए । उनले समाज समृद्धि बनाउका लागि राम्रो नेतृत्वकर्ताको आवश्यकता हुने र नेतृत्वकर्ता राम्रो वक्ता पनि हुनुपर्ने भएकाले प्रशिक्षण सहयोगी हुने बताए।

कार्यक्रममा जेसी प्रदीप चौधरी, जेसी प्रभा दाहाल, जेसी मनिषरमण साह, जेसी रमेशकुमार साह, जेसी जितेन्द्र महासेठ, जेसी नासिर अहमद, जेसी तुलसी पंजियार, जेसी विकाश साह, जेसी नविन साह, सुदीप कोइरालालगायत सहभागी भएका थिए ।
प्रशिक्षणमा एक सय तीन जना सहभागी भएका थिए । यसअघि, जनकपुर जेसिजले गत शनिबार वी लिड’ तालिम सञ्चालन गरेको थियो ।