
राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ । केहीबेर आगाडी बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो।
कक्षा १२ को परीक्षामा देशभरबाट चार लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।
यसरी हेर्नुहोस् नतिजा
कक्षा १२ को नतिजा प्रकाशित हुनासाथ १६०१ मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट NEB टाइप गरी १६०० मा पठाएर वा मोबाईलवाट *1600# डायल गरी निर्देशन अनुसार SYMBOL NUMBER थिचेर वा वेवसाइटमा https://neb.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिन्छ।