
महोत्तरी - धनुषामा सडक दुर्घटनामा परी एक युवककाे मृत्यु भएको छ भने एक महिला गम्भिर घाइते भएकी छिन् ।
मृत्यु हुनेमा महोत्तरीको औरही नगरपालिका १ बस्ने २५ वर्षीय पप्पु यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
ईप्रका महेन्द्रनगरका प्रहरी निरिक्षक दिपक कुमार कार्कीका अनुसार गएराती लक्ष्मिनिया गाउँपालिका ७ जनकपुर-ढल्केवर सडक खण्डमा जनकपुरबाट महेन्द्रनगर तर्फ आउदै गरेको ज१च १६६९ नं.को बोलेरो पिकअपले बिपरित दिशा (wrong side) बाट जादै गरेको प्र २-०२-००३प ९१५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा यादव गम्भिर घाइते भएका थिए ।
इप्रका महेन्द्रनगरका अनुसार यादवको टाउकोमा चोट लागि गम्भिर घाइते भइ उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरडधाम पठाएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको जानकारी दिएका थिए ।
त्यसैगरी उक्त दुर्घटनामा धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ सपही बस्ने ४५ वर्षीया शान्ति देवी सहनी गम्भिर घाइते भएकी छिन् । उनकाे को पेट, ढाडमा चोट लागेकाे छ । उनको उपचार सेन्ट्रल अस्पताल लक्ष्मिनियामा भइ रहेको र अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
पिकअप चालक लक्ष्मिनिया ४ सपही बस्ने २१ वर्षीय सरोज सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको ईप्रका महेन्द्रनगरका प्रहरी निरीक्षक कार्कीले जनाए ।