महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य व्यापारिक केन्द्र महेन्द्रनगरमा विगत ५ दशक देखि लाग्दै आएको इन्द्र पुजा महोत्सव यस वर्ष पनि धुमधाम साथ मनाउनको लागि समिति गठन गरिएको छ।
बुधवार मेला आयोजना गर्नको लागि बसेको एक भेलाले योगेन्द्र यादव (बिहारी) को अध्यक्षतामा इन्द्र पूजा समितिको गठन गरेको छ। समितिको उपाध्यक्षमा मिलन सिंह, महासचिवमा अरुण कुमार यादव, सचिवमा सितेशकुमार झा र कोषाध्यक्षमा अमरदीप श्रेष्ठ रहेका छन् । सदस्यहरुमा दिपक श्रेष्ठ, संजय श्रेष्ठ, सनोज यादव र जिवन सुनवार रहेका छन् ।




त्यसैगरी भेलाले सल्लाहकार समितिमा अजयकुमार साह, अनिल कुशवाहा र पंकज पजियारलाई चयन गरेको छ भने पूजा व्यवस्थापनको संयोजक बसन्त ठाकुर , प्रचार प्रसार संयोजक अनिल कुशवाहा र मेला व्यवस्थापन समितिमा अजयकुमार साह, अरुण कुमार यादव र सितेशकुमार झा रहेका छन् ।
नवगठित कार्यसमितिका अनुसार विगत भन्दा भिन्न किसिमले यस वर्षको इन्द्र पुजा महोत्सवको आयोजना गरिने योजना रहेको बताए। यस वर्ष स्थानिय कलाकारहरुको उपस्थितीमा सांस्कृतिक कार्यक्रमको आयोजना देखि मेलामा दर्जनौ किसिमको मनोरञ्जनात्मक गतिविधिहरु संचालन गरिने महासचिव अरुण कुमार यादवले बताए ।




