भैरहवा स्थित गौतम बुद्ध अन्तराष्टिय विमानस्थल वाट नेपाल एयरलाइन्स ले काठमाडौं लाई ट्रान्जिट वनाएर भाद्र १२ गते वाट हङकङ र दिल्ली नियमित उडान गर्ने भएको छ। हाल लाई हरेक मंगलवार हप्ता को एक दिन उडान शुरु गरिएता पनि वजार को माग र निगम को वजार व्यवस्थापन अनुसार उडान को संख्या वढाउँदै लैजाने नेपाल वायुसेवा निगम ले जनाएको छ|
नेपाल वायुसेवा निगम का प्रवक्ता रमेश पौडेल ले आइतवार प्रेस विज्ञप्ती जारी गर्दै हप्ता को एक दिन मंगलवार विहान ८ः१५ मा भैरहवा वाट प्रस्थान हुने गरि टिकट वुकिंग खुल्ला गरेको जानकारी गराए।
भैरहवा वाट ८ः१५ मा उडेको जहाज ९ वजे काठमाडौं मा अवतरण गर्ने र ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ र दिल्ली जाने यात्रु दिल्ली जाने निगम कै कनेक्टिव उडान मा चढ्ने छन् । यात्रु को सुविधा को लागि भनेर भैरहवा मा चेकइन गर्ने वेला मै गन्तव्य सम्म को वोर्ड्गं पास दिने र लगेज सिधै गन्तव्य मा लिने व्यवस्था मिलाइएको निगम ले जनाएको छ।
राष्टिय गौरव को आयोजना अन्तर्गत निर्माण भएको गौतम बुद्ध अन्तराष्टिय विमानस्थल वाट उडान भर्ने कार्य तदारुरता का साथ गर्न का लागि संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्रालय संग को समन्वय मा निगम व्यवस्थापन ले विशेष पहल गरि उडान शुरु गर्ने निर्णय गरेको निगम का प्रवक्ता रमेश पौडेल ले थप जानकारी गराए ।




