भैरहवा- रुपन्देहीको भैरहवा मा मंगलवार साँझ गौहत्या विरुद्ध हिन्दु परिषद नेपाल, समस्त हिन्दु सनातनी परिवार ले प्रदर्शन गरेको छ।
भैरहवाको मिलनचोकमा प्रदर्शनकारी हरु जम्मा भई गौहत्या गर्ने विरुद्ध नारावाजी को साथै हिन्दु राष्ट्र कायम गर भन्दै बजार परिक्रमा गरेका थिए।

हिन्दु परिषद नेपाल जिल्ला कार्य समिती रुपन्देही का अध्यक्ष मोहित कुमार द्विवेदीले धरानमा गाई गोरु हत्या काण्डका संलग्न उपर कारबाहीकाे माग गरेका थिए । उनले सम्पुर्ण हिन्दु संघ संगठन एक भई यस्ता घटनाको विरोध गर्नु पर्ने र विरोध कार्यक्रमहरु सफल पार्न अपिल गरे ।




