जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाले एसियाकपलाई मध्यनजर गरी बुधबार दिउँसोदेखि शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ।
एसियाकपअन्तर्गत बुधबार भइरहेको नेपाल र पाकिस्तानबीचको खेललाई मध्यनजर गरी उपमहानगरपालिकाले सबै शैक्षिक संस्थाहरूमा आधा दिन बिदा गने निर्णय गरेको हो।



नेपाली टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेलप्रति उर्जावान भावना जागृत गर्न दिउँसो २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय भएको शिक्षा शाखाका प्रमुख मेहीलाल यादवले जानकारी दिए।
‘…पाकिस्तानसँग एसिया कपको पहिलो खेल ३ बजेदेखि खेलिने भएकाले हाम्रो गौरवशाली टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेलप्रति उर्जावान भावना जागृत गराउनका निम्ति आज मिति २०८० / ५ / १३ गतेका दिन २ बजेपछि कुनै पनि क्लास सञ्चालन नगरी बिदा गरिदिनहुन आदेशाअनुसार अनुरोध छ,’ उपमहानगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।





