
महोत्तरी- गौशाला नगरपालिकामा न्यायिक समिति काम विहिन अवस्थामा रहेको मेयर डा . दिपेन्द्र महतोले बताएका छन् ।
बुधबार पालिकाको पुरानो भवन स्थित सभाकक्षमा आयोजित दक्ष प्रहरी मार्फत सामुदायिक अंक पत्र कार्यक्रममा आफ्नो मन्तव्य दिदै मेयर डा. महतोले उपमेयर रेणु महतोको लापरवाहीको कारणले न्यायिक समितिमा कुनै काम नभएको बताए ।
पालिकामा महिला हिंसा लगायत विभिन्न कुरामा मेलमिलाप ,जनतालाई न्याय प्रदान गर्ने काम न्यायिक समितिले गर्नु पर्ने भएपनि उपमेयरको एकलौटी शासनको कारण आज गौशाला नगरवासी न्यायिक समितिवाट लिनुपर्ने सेवा सुविधाबाट बन्चित भएको मेयर महतोले आरोप लगाए ।
मेयर महतोले भने, 'हामीले सोचेको अनुसार उपमेयरले आफ्नो काम कर्तव्य नगरी खालि विवाद मात्र गरेको कारण गौशाला नगरपालिकाको न्यायिक समित कामविहिन बनेको छ।'
कार्यक्रम समग्र जन उत्थान केन्द्रले इन्टरनेशनल अलर्टको आर्थिक सहयोगमा आयोजना गरेको हो ।
कार्यक्रममा गाैशला वडा न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता , इलाका प्रहरी कार्यालय गौशालाका प्रतिनिधि ,उद्योग वाणिज्य संघको प्रतिनिधि लगायतको सहभगिता रहेको थियो ।