
जनकपुरधाम- गत मंगलबार ईलाका प्रहरी कार्यालय ढल्केवरले धनुषाको मिथिला नगरपालिका -५ औरही खोला स्थित अबैध रुपमा गिट्टी बालुवा उत्खनन् गरिरहेको अवस्थामा ज २ त ४०३ र प्र.२-०३-००१ त २५१३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो। त्यस्तै मिति २०८० भदौ १७ गते आइतबार मात्रै सोही खोलाबाट अबैध वालुवा उत्खनन् गर्ने ज १ त २८७७ नम्बरको एउटा ट्याक्टर नियन्त्रणमा लिएको थियो।
मिति २०८० भदौं १६ गते शनिबार पनि अबैध वालुवा उत्खनन् गर्ने दुई वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो। ईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं. १० स्थित रातु खोला स्थित अबैध रुपमा बालुवा उत्खनन् गर्दै गरेको अबस्थामा ज १ त ८६६६ र प्र.२-०२-००१ त ५६९ नम्बरको ट्याक्टरहरु नियन्त्रणमा लिएको थियो।
त्यस्तै मिति २०८० भदौं ११ गते सोमबार ईलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको प्रहरी टोलीले मिथिला नगरपालिका -४ स्थित जलाद खोला र मिथिला नगरपालिका -५ औरही खोलामा अबैध रुपमा बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ज १ त २५९२ र म.प्र.०२-००१ त २६७१ नम्बरको ट्याक्टरहरु नियन्त्रणमा लिएको थियो।
त्यति मात्र हैन ,मिति २०८० भदौ ९ गते शनिबार समेत एउटा ट्याक्टर नियन्त्रणमा लिएको थियो। ईलाका प्रहरी कार्यालय भरतपुर धनुषाबाट खटिएको प्रहरी टोलीले गणेशमान चारनाथ नगरपालिका -४ स्थित चारनाथ खोलामा अबैध रुपमा बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा (अल्फाबेट स्पष्ट नभएको) प्रदेश २ को ८६४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो भने मिति २०८० भदौं ५ गते मंगलबार मिथिला नगरपालिका- ५ स्थित औरही खोलामा अबैध उत्खन्न गर्दै गरेको अबस्थामा प्र.२-०२-०१त.१७१८ नम्बरको टेलर जडान गरेको ,ज.२ त. ६३० नंम्बरको बकेट जडान गरेको २ वटा ट्याक्टर नियन्त्रणमा लिएको थियो।
यसरी भदौ महिना बित्न १० दिन बाँकी रहेकै अवस्थामा जम्मा २० दिनको अन्तरालमा १० वटा ट्याक्टर धनुषा प्रहरीले नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाई थप अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यतिको सानो अन्तरालमा एक दिन नबित्दै क्रमिक रूपमा सोही खोलाहरूबाट ट्याक्टर समातिनु चोर पुलिस को खेल जस्तै भएको छ।
राति ११ बजेदेखि खोलामा ट्याक्टरको ताँती लाग्छ, जनताले थाहा पाउँछन् तर प्रहरी मौन बस्छ’ हरिहरपुर धनुषाका मनोज महतोले भने । प्रशासनलाई छलेर र प्रभावमा पारेर अवैध उत्खनन भइरहेको छ । हामीले अवैध उत्खनन भइरहेको विषयमा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि उत्खनन नरोकिएको उनको भनाइ छ । उनका अनुसार ढल्केबरका नेताहरु र नक्टाझिज का क्रसर संचालकहरु हरिहरपुर मा क्रसर खोलेर बसेका छन्। उनीहरुको करामतले गर्दा औरही खोलामा ठुलो बाढी आए हरिहरपुर गाँउ नै बगाउने खतरा छ।
सबैतिरबाट सेटिंगमा अवैध उत्खननको काम चलिरहेको छ ।