
जनकपुरधाम- राष्ट्रिय नेपाली क्रिकेट टीमका खेलाडी गुल्शन झालाई जनकपुरधाममा स्वागत गरिएको छ । इन्डियासँग एसिया कप खेलेर गृह जिल्ला फर्केका झालाई जनकपुरधाममा स्वागत गरिएको हो ।
जनकपुर क्रिकेट एकेडेमीका खेलाडीहरुले उनलाई स्वागत गरेको मधेस प्रदेश क्रिकेट एसोसिएसनका क्याप्टेन हरिशंकर साहले जानकारी दिए ।
उनका अनुसार काठमाडौँबाट जनकपुरधाम हुँदै सर्लाही आफ्नो घर जाने क्रममा उनलाई एकेडेमीका खेलाडीहरुले स्वागत गरेका हुन् । गुल्सनसँग भेट्दा खेलाडीहरुको खेलप्रतिकाे हौसला बढेको क्याप्टन साहले बताए ।
एसीसी प्रिमियर लिगमा उत्कृष्ट खेलेका झाले एसिया कपमा पनि राम्रो खेल खेलेका थिए ।