
जनकपुरधाम — जनता समाजवादी पार्टी (जसपा) की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको मंगलबार बिहान जनकपुरमा निधन भएको छ ।
उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको बिहान ८ बजे निधन भएको जसपाका मधेश प्रदेशका सचेतक रामअशिष यादवले बताए । यादवका अनुसार सांसद यादवको पार्थिव शरीर जनकपुरस्थित पार्टीको प्रादेशिक कार्यालयमा राखिने र त्यहीँबाट अन्तिम बिदाइ गरिने छ ।
पाठेघरको मुखको क्यान्सरबाट पीडित उनको लामो समयदेखि उपचार चलिरहेको थियो । सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी उनी गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन् ।