
जनकपुरधाम- संवाद फाउण्डेशन धनुषा जिल्ला कार्यसमितिले हेल्थ क्याम्प स्वास्थ्य शिविर गरेर राष्ट्रिय बाल दिवस -२०८० भव्यताको साथ मनाइएको छ।

बालबालिका मा लगानी: सुनिश्चित भविष्यको थलानी मुल नाराका साथ ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा संवाद फाउण्डेशन धनुषा जिल्ला कार्यसमितिले सदगुरु कविर बाल वात्सल्य आश्रम जनकपुरधाम मा रहेका बालबालिकाहरुलाई मध्यनजर गर्दै आश्रममै पुगेर हेल्थ क्याम्प गरी स्वास्थ्य शिविर सञ्चालन गरेका थिए। शिविरमा दाँत र आँखा को चेकजाँच गरी उनीहरुको रिपोर्ट तयार पारी सेवा प्रदान गरेका थिए। शिविरमा दर्शन डेन्टल केयर जनकपुरधामका डा. उदय यादव (दृष्टि विशेषज्ञ) ,डा. मौसम यादव ( बिडिएस ) द्वारा सेवा प्रदान गरिएको कुरा संवाद फाउण्डेशनका धनुषा जिल्ला कार्यसमितिले जनाएको छ।

हेल्थ क्याम्प स्वास्थ्य शिविर मा सदगुरु कविर बाल वात्सल्य आश्रम जनकपुरधामका संस्थापक बाबा आलोकले संवाद फाउण्डेशनको टिमलाई धेरै धेरै धन्यवाद व्यक्त गरेका थिए भने तिनीहरूको काम अरु भन्दा भिन्न रहेको र यसले गर्दा प्रत्यक्ष रुपमा बालबालिका, विधार्थीहरुलाई फाइदा पुगेको कुरा व्यक्त गर्नुभएको थियो। हेल्ञ चेकअप कार्यक्रममा संवाद फाउण्डेशनका केन्द्रीय सह - संयोजक सुधाकर झा, संवाद फाउण्डेशनका क्षेत्रिय संयोजक नविन साह, सहसंयोजक सुजित कापरी, सचिव मनिष ठाकुर,संवाद फाउण्डेशन धनुषा समिति का समुन कुमार राय,आसन यादव , आदित्य साह ,धिरज मण्डल,रामकेवल राय लगायतको उपस्थिति रहेको थियो।