
धनुषा- धनुषाको महेन्द्रनगरबाट भारी मात्रामा लागु औषध गाजा सहित दुईजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विहिवार साँझ प्रदेश २-०२-००१ प ०६२४ नम्बरको TVS कम्पनीको STRYKER मोटरसाईकलमा गाजा लुकाई छिपाई ढल्केवरबाट जनकपुर तर्फ लगी रहेको भन्ने बिषेश सुचनाको आधारमा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका ईन्चार्ज इन्स्पेक्टर दिपक कार्की नेतृत्वका टोली चेकजाँच गर्दा लागु औषध गाजा फेला परेपछि मोसामा सबार दुईजनालाई पक्राउ गरेकाे हो ।
पक्राउ पर्नेहरुमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ बस्ने ५० वर्षीय राज कुमार महतो र वडा नं. ५ बस्ने ३५ वर्षीय मनोज कुमार पण्डित रहेको इन्स्पेक्टर कार्कीले बताए ।
उनिहरुबाट झोला भित्र सेतो बोरामा बेरिएको अवस्थामा प्रतिबन्धीत लागु औषध करिब ९ के.जी बरामद गरीएको छ ।
बरामद गरिएको लागु औषध गाँजा र मोटर साइकल समेत दुवै जनालाई ई.प्र.का. महेन्द्रनगरको हिरासतमा राखी शुक्रवार धनुषा जिल्ला अदालतबाट लागु औषध मुद्दा शिर्षमा १० दिनको म्याद लिई थप अनुसन्धान कार्य भई रहेको इन्स्पेक्टर कार्कीले बताए ।