
भैरहवा- सिद्धार्थ उध्योग वाणिज्य संघ का पुर्व अध्यक्ष तथा सल्लाहकार को साथै विभिन्न संघ संस्था मा क्रियशिल भैरहवा का लोकप्रिय समाज सेवी स्वर्गिय ओमकार गौचन लाई शनिवार भैरहवा वासी ले श्रद्धाञ्जली दिएका छन्।गौचन को भाद्र १४ गते एक कार्यक्रम मा प्रमुख अतिथि हुदाँ स्वास्थ्य मा केहि असहज महसुस भए पछि अस्पताल लगिएको थियो। थप उपचार को लागि हेलिकप्टर वाट काठमाडौ ग्रान्डी अस्पताल मा लगिएको र उपचार को क्रम मा भाद्र १७ गते निधन भएको हो। स्व. गौचन को एक श्रीमति, ३ छोरी, एक छोरा रहेको र सबै को श्रद्धाञ्जली सभा मा उपस्थिती रहेको थियो।

सिद्धार्थ उध्योग वाणिज्य संघ को सभाहल मा शनिवार गरिएको श्रद्धाञ्जली सभा मा भैरहवा मा रहेका विभिन्न संघ संस्था को उपस्थिती रहेको थियो। सिद्धार्थ उध्योग वाणिज्य संघ का अध्यक्ष ठाकुर कुमार श्रेष्ठ ले स्व. गौचन २०५८ साल मा संघ को अध्यक्ष हुँदा को जोस र जागँर देखेर आफु पनि उध्योग वाणिज्य संघ मा प्रवेश गर्न प्रेरणा मिलेको जनाएका छन्।

संघ लगायत भैरहवा का धेरै संघ संस्था ले अभिभावक गुमाएको भन्दै आफ्नो थप भनाई राखे । त्यस्तै सिद्धार्थनगर नगरपालिका की उप-प्रमुख उमा अधिकारी ले कुनै पनि कार्यक्रम मा भेट हुदाँ भैरहवा को विकास कसरी गर्न सकिन्छ भन्दै विभिन्न सुझाउ हरु स्व. गौचन ले दिने गरेको र वहाँ ले देखाएको वाटो मा भैरहवा को विकास गर्न सके धेरै अगाडी वढ्न सकिने जानकारी गराईन्। साथै भैरहवा मा रहेका विभिन्न संघ संस्था का प्रतिनिधि हरु ले भैरहवा ले एक समाजसेवी मात्र नगुमाएर अभिभावक नै गुमाएको वताएका थिए।

श्रद्धाञ्जली सभा को आयोजन सिद्धार्थ उध्योग वाणिज्य संघ ले गरेको थियो भने आयोजक हरु मा नेपाल उध्योग वाणिज्य संघ लुम्बिनी, भैरहवा मर्निङ वाक ग्रुप, वैदिक सनातन धर्म सेवा समिती, लायन्स क्लव अफ सिद्धार्थनगर, जेसि.आई सिद्धार्थनगर , थकाली सेवा समाज, नेवा खलः सिद्धार्थनगर , नेत्र ज्योती संघ भैरहवा, बालकुमारी ई.वी विधालय, संस्कृत विधाश्रम र शहित स्मृती पुस्तकालय रहेका थिए।