
जनकपुरधाम- महोत्तरीको बर्दिवासमा बालबालिकाहरुलाई जिवनउपयोगी सिप तालिम प्रदान गरिएको छ।
संवाद फाउण्डेशन जिल्ला कार्यसमिति महोत्तरीको अगुवाइमा बर्दिवास नगरपालिका-९ स्थित रहेको दुर्गा मा.वि. का २७ जना बालबालिका विधार्थीहरुलाई तिनदिने जिवनउपयोगी सिप सम्बन्धि तालिम प्रदान गरिएको छ। तालिममा जिवनउपयोगी सिप तालिम मार्फत जिवनमा आईपर्ने समस्या र चुनौतीलाई सामना गर्नुपर्ने विषयहरू,एचआईभी र एड्सको जोखिमलाई न्युनिकरण गराउने व्यवहारिक ज्ञान, धूमपान, लागु पदार्थ र दुर्व्यसनबाट बच्ने उपायहरु,तनाव व्यवस्थापन,प्रजनन स्वास्थ्य, यौन व्यवहारहरू, लैंगिक सम्बन्धहरू, हिंसा, शोषण आदि कुराहरू तालिममा प्रशिक्षक मार्फत प्रस्तुत गरिएको कुरा संवाद फाउण्डेशनका महोत्तरी जिल्ला संयोजक सुमन चौधरीले बताए।

तिनेदिने जिवनउपयोगी सिप तालिममा प्रशिक्षकका रूपमा राष्ट्रिय किशोर र किशोरी सञ्जालमा काम गरिरहेका र संवाद फाउण्डेशन सँग आबध्द भएर समाजिक कार्यमा सक्रिय रहँदै आएका राहुल कुमार महतो,गंगा कुमारी साह,जमुना कुमारी साह र कोमल कुमार साहले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए भने प्रशिक्षकको रुपमा भुमिका निर्वाह गरेका चारैजना प्रशिक्षकलाई संवाद फाउण्डेशनको तर्फबाट उनीहरुलाई सम्मान गरी प्रमाण पत्र प्रदान गरेका थिए।
बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थलानी मुल नाराका साथ राष्ट्रिय बाल दिवस -२०८० लाई मध्यनजर गर्दै संवाद फाउण्डेशनले मधेस प्रदेशका विभिन्न जिल्लाहरु लगायत बाहेकका अन्य - अन्य जिल्लाहरुमा समेत बालबालिकाजहरुलाई लक्षित गरेर थुप्रै कार्यक्रमहरुको आयोजना गरिएको कुरा तिनदिने जिवनउपयोगी सिप तालिमको अन्तिम दिन कार्यक्रम मा सहभागी भएका संवाद फाउण्डेशन का मधेस प्रदेश संयोजक नविन साहले बताए। उनका अनुसार संवाद फाउण्डेशनले शिक्षा,स्वास्थ्य, खेलकुद, धर्म संस्कृति,कला , कृषि, वातावरण लगायतका विषयमा काम गर्दै आएको र युवाहरुलाई समाजमा सकरात्मक पथमा अग्रसर गर्न र युवाहरुको क्षमता अभिवृद्धि गरी सही बाटो तर्फ डोर्याउने काम संवाद फाउण्डेशनले गर्दै आएको कुरा व्यक्त गरे।
तालिमको अन्तिम दिन शनिबार सोही तालिममा संवाद फाउण्डेशन का मधेस प्रदेश सह - संयोजक सुजित कापरी, प्रदेश सचिव मनिष ठाकुर,ब्रदिबास नगरपालिका वार्ड नं -९ का वाडा अध्यक्ष घुरन महतो, बिद्यालयका शिक्षक रामदयाल साह,संवाद फाउण्डेशन महोत्तरी जिल्ला सचिव शिवम झा सहितको उपस्थिति रहेको थियो।